रौतहट । रौतहटको चन्द्रपुर-१० को बिनुवा टोलमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
स्थानीय गरिमा साहका एक वर्षिय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षिया छोरी खुश्बु साहको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टी ट्यांकीमा खसेका थिए । त्यहाँबाट उद्दार गरेर उपचारका लागि अस्पताल लगिएपछि डाक्टरहरुले ८ बजेतिरि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक रायले बताउनुभयो ।