सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

असार ११, २०८२ |राजेश्वर पाण्डे
सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर-१० को बिनुवा टोलमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय गरिमा साहका एक वर्षिय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षिया छोरी खुश्बु साहको मृत्यु भएको  रौतहट प्रहरीले जनाएको छ ।

दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टी ट्यांकीमा खसेका थिए । त्यहाँबाट उद्दार गरेर उपचारका लागि अस्पताल लगिएपछि डाक्टरहरुले ८ बजेतिरि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुपेश कुमार झाले बताउनुभयो ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।