भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकाे छ। उपप्रमुख रमेश बुढाथाेकीले आगामी आर्थिक बर्षका लागि १ अर्व ८४ कराेड ५६ लाख रूपैया बजेट पेश गर्नुभयाे । आगामी आर्थिक बर्षका चालू र पुजिगत खर्च आवश्यकता अनुसार विनियाेजन गरेकाे उहाँले बताउनुभयाे ।
नगरपालिकाले चालू आर्थिक बर्षमा २ अर्व १२ कराेड २३ लाख विनियाेजन गरिएकाेमा ५३ दशमलव ७८ प्रतिशत अर्थात १ अर्व १४ कराेड १५ लाख रूपैया मात्रै खर्च भएकाे उपप्रमुख बुढाथाेकीले बताउनुभयाे ।
यस्तै नगरप्रमुख जीवन खत्रीले नगरसभामा आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे छ। नगरपालिकाले दिगाे , आय तथा राेजगारीमुलक प्रविधि र बातावरणमैत्री पर्यटन नीति अवलम्वन गरेकाे छ।
नगरकाेट भ्रमण बर्ष २०८२ काे सफल कर्यान्वयनका लागि मौलिकता र नवप्रवर्तनमा जाेड दिएर विभिन्न साहित्यिक तथा शैक्षिक कार्यक्रम सहित महाेत्सव संचालन गरिने नीति लिएकाे छ। नगरपालिकाले ऐतिहासिक , पुरातात्विक, धार्मिक र सास्कृतिक महत्वका क्षेत्रहरूकाे पहिचान गरि संरक्षण र व्यस्थापन गरिने नीति नगरपालिकाले लिएकाे छ।
स्थानीय स्राेत तथा सीपमा आधारित स्थानिय उत्पादनलाई प्राेत्साहन गर्दै परम्परागत रूपमा संचालनमा रहेका घरेलु तथा साना उद्याेग संचालन र प्रवर्धन गर्ने नीति अवलम्वन गरिने प्रमुख खत्रीले बताउनुभयाे ।
नगरपालिकाले विद्यालय बाहिर बलकालिका शून्य हुने गरि सिकाईमा निरन्तरता र सुरक्षित सिकाई जीवनका लागि बचत खाता छाेरीकाे सुरक्षा जिवनभरिकाे कार्यक्रमलाई निरन्तरता दिदै छाेराहरूकाे लागि समेत बचत खाता कार्यक्रम संचालनमा ल्याईने नीति लिएकाे छ ।