सिद्धार्थ राजमार्गको पाल्पा खण्ड १० घण्टापछि एकतर्फि

असार ६, २०८२ |माधव अर्याल
सिद्धार्थ राजमार्गको पाल्पा खण्ड १० घण्टापछि एकतर्फि

पाल्पा । सिद्दार्थ राजमार्ग अन्गर्त पाल्पा खण्ड १० घण्टापछि एकतर्फि खुलेको छ । राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउ“पालिका–३, दोभान र सिद्धबाबाको बीचमा ठूलो ढुंगा सहित पहिरो खसेपछि बिहीबार रातीदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

वर्षा निरन्तर भएको र रातीको समयमा सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । दोभान प्रहरी चौकीदेखि तल्लो सिद्धबाबासम्म दर्जन बढी स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेयले बताए । दोभानदेखि तल्लो सिद्धबाबासम्म सुरुङमार्ग निर्माणको काम भइरहेको छ । पुरानो सडकमा डोजर लगाएर चौडा गरिएकाले पनि थप पहिरोको जोखिम छ ।

चौडा गरिएका क्ष्ँेत्रको सडकमा ठूला ठूला ढुंगासहितको पहिरोे खसेको थियो । सिद्दार्थ राजमार्ग अवरुद्ध हु“दा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखा“ची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका थिए । एकतर्फि खुलेसंगै रातीदेखि अलपत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

दोभान प्रहरी चौकीका अनुसार सडक डिभिजन र सुरुङमार्ग आयोजना अन्तर्गत चिनिया“ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको डोजर तथा स्काभेटर लगाएर सडक खुलाइएको हो । दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहु“ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । यो सडक भएर केही दिनयता पोखरा तथा कालीगण्डकी करिडोर सडक हु“दै नारायणगढ र काठमाडौ जाने सवारी साधनसमेत गुडेका छन् ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।