दाङ । तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरका ८१ वर्षका नारायण आचार्यको घरमै भएको बन्दुकले आफैंमाथि गोली प्रहार गर्दा मृत्यु भएको छ ।
रेडक्रस दाङका पूर्वअध्यक्षसमेत रहेका आचार्यले लाइन्सेन्स प्राप्त बन्दुकले सोमबार दिउँसो घरमै आफैंमाथि गोली चलाएको र लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जानकारी प्राप्त भएलगत्तै प्रहरी नायव उपरीक्षक अनिलसिंह ठकुरी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको र थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।