मोरङको बूढीगंगा गाउँपालिकास्थित खवास टोलको एउटा घरमा आगलागी

वैशाख २, २०८२ |सुशीला पाठक
मोरङको बूढीगंगा गाउँपालिकास्थित खवास टोलको एउटा घरमा आगलागी

मोरङ । बूढीगंगा गाउँपालिका-३ खवास टोलमा आगलागी भएको छ ।

बलराम चौधरीको काठको बेरा र जस्तापाताको छानो भएको दुई तले घरमा मंगलबार आगलागी भएको प्रहरीले जनाएको छ । आगोले घरसहित घरभित्र रहेका सबै सामान जलेर नष्ट भएको छ ।

स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको छैन ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।