मानव बेचविखन नियन्त्रणमा राज्य उदासीन बनेको आरोप

चैत्र ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
मानव बेचविखन नियन्त्रणमा राज्य उदासीन बनेको आरोप

काठमाडौं । मानव बेचविखन नियन्त्रणमा राज्य उदासीन बनेको भन्दै सरोकारवालाहरुले कानुनी कमजोरी सुधार्न र जालझेल रोक्न माग गरेका छन ।

काठमाडौंमा आयोजित अधिकारकर्मी डाक्टर मीना पौडेलको पुस्तक साहसमाथिको परिचर्चामा वक्ताहरुले मानव बेचविखनविरुद्द आवाज उठाउनु अहिले पनि चुनौति हुने गरेको बताए ।

पुस्तकमा महिला बेचविखनका घटना र हिंसाबारे उल्लेख गरिएको छ । मान्छेलाई बेच्ने जस्तो अमानवीय व्यवहारको विरोध गरेर मात्रै नपुग्ने भन्दै बहिस्कार र प्रतिकार गर्नुपर्ने सन्दर्भलाई पनि पुस्तकले जोडतोडका साथ उठाएको छ ।

पुस्तकमा लेखक पौडेलले २०४५ सालमा सिन्धुपाल्चोकमा महिला बेचविखनविरुद्द आवाज उठाउँदा आफ्नो टाउँकोको मुल्य तोकिएको प्रसंग पनि उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा समाजशास्त्री सुरेश ढकाल, डाक्टर विन्दु पौडेल, अध्येता जेबी विश्वकर्मालगायतले महिला बेचविखन र हिंसा जघन्य अपराध भए पनि राज्यले अझै गम्भीरतापूर्वक लिन नसकेको बताउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.