सल्यानका ग्रामिण सडकहरु स्तरोन्नती हुन थालेपछि स्थानियलाई सहज

चैत्र २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सल्यानका ग्रामिण सडकहरु स्तरोन्नती हुन थालेपछि स्थानियलाई सहज

सल्यान । सल्यानका ग्रामिण सडकहरु स्तरोन्नती हुन थालेपछि स्थानियलाई सहज भएको छ । पूर्वाधार विकास कार्यलय सल्यानले जिल्लाका मुख्य ग्रामिण सडकहरु सुधार गर्न थालेपछि स्थानियलाई सहज भएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा १७ वटा सडक आयोजना मध्य १५ वटा आयोजना निर्माणाधीन अवस्थामा छन । तीमध्ये १५ वटा आयोजना सम्झौता भई निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म ६ वटा सडक आयोजना सम्पन्न भइसकेका छन । बाँकी ९ वटा आयोजनाको काम विभिन्न चरणमा निर्माण भैरहेको कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले यस वर्ष जिल्लामा सडक आयोजना निर्माणका लागि ८ करोड १० लाख बजेट विनियोजन गरेको थियो । ग्रामिण सडक सुधार हुन थालेपछि स्थानियहरु खुसी भएका छन ।

यी सडक आयोजना सम्पन्न भएमा यातायात सहज हुँने, कृषि उत्पादनको बजारीकरणमा सुधार आउने, पर्यटन प्रवद्र्धन हुने र स्थानीयको समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । कर्णाली प्रदेश सरकारले यस बर्ष जिल्लामा सडक आयोजना निर्माणका लागि ८ करोड १० लाख बजेट विनियोजन गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement