भूकम्पपीडितलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सल्यानको दार्मामा पुनर्लाभ योजना सञ्चालन

पालिकाको पहलमा एक हजारभन्दा बढीलाई रोजगारी
चैत्र २, २०८१ |सरिता चलाउने
भूकम्पपीडितलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सल्यानको दार्मामा पुनर्लाभ योजना सञ्चालन

सल्यान । सल्यानको भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा भूकम्प पुनर्लाभ कार्यक्रमअन्तर्गत विभिन्न योजना सञ्चालनमा छन् । पुनर्निर्माणसँगै रोजगार सिर्जनाका माध्यमबाट भूकम्पपीडितलाई आत्मनिर्भर बनाउन काम थालिएको हो । 

दार्मा गाउँपालिकाले साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन गरेको पुनर्लाभ कार्यक्रमले १ हजार जनाभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । जसले भूकम्पबाट घरबास गुमाएकाहरूलाई रोजिरोटी जुटाउन सहयोग गरेको छ ।

२०८० कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर गएको भूकम्पले सल्यानको दार्मा गाउापालिकामा ४ हजार ८० घर भत्किए । त्यतिबेला विस्थापित भएका भूकम्पीडित अझै अस्थायी टहरामै छन् । 

यो बीचमा दार्मा गाउँपालिकाले भूकम्पपीडितसँग जोडिएको पुनर्निर्माण योजनाले भने आशा जगाएको छ । विभिन्न पूर्वाधार निर्माण, सडक मर्मत, सार्वजनिक भवन पुनर्निर्माण जस्ता काममा एक हजार जना भन्दा बढी भूकम्पपीडितले रोजगारी पाएका छन् ।

भूकम्प पुनर्लाभ कार्यक्रमले पुनर्निर्माण योजनासागै स्थानीयलाई रोजगारी सिर्जना गरेको छ । रोजगारीमा विशेष गरी महिला, दलित र पिछिडिएको वर्गलाई जोडिएको छ । यसबाट स्थानीले काम त पाएका छन् नै पुनर्निर्माणको दिगोपनालाई पनि जोड दिइएको छ । 

भूकम्पले घरबाससागै रोजगारीको पनि समस्या थियो, अहिले गाउामै काम पाएपछि पीडितहरुलाई परिवार चलाउन सजिलो भएको छ ।

भूकम्पबाट दार्मा गाउापालिकामा ४ हजार ८० वटा निजी घरसागै विद्यालय, ९ स्वास्थ्य संस्था, दुई वडा कार्यालय, १२ वटा खानेपानी, सिाचाइ र सडक गरी ५९ सार्वजनिक संरचनामा क्षति पुगेको थियो । 

विश्व खाद्य कार्यक्रमको सहयोगमा गाउापालिकामा सिाचाइ कुलो, खानेपानी, सडक, विद्यालय, वडा कार्यालयलगायतका योजनाका काम भइरहेका छन् जसमा भूकम्पपीडितलाई रोजगारीमा जोडिएको हो ।

यस योजनाले भौतिक संरचना मात्रै होइन, सामाजिक तथा आर्थिक पुनर्निर्माणलाई पनि प्राथमिकता दिएको छ । स्थानीय सरकारको प्रयास र जनसहभागिताले दार्मा गाउापालिकामा पुनर्निर्माण अभियानलाई गति दिएको छ । यस्तो योजनाले भूकम्प प्रभावित समुदायको पुनःस्थापनालाई बल पुर्‍याउने अपेक्षा लिइएको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement