जनकपुर । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरकोरुपमा रहेको १५ दिने मध्यमा मिथिला परिक्रमा बिधिबतरुपमा आज समापन भएको छ ।
मिथिला परिक्रमका पदयात्रीहरु प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अन्तगृह पंचकोशी परिक्रमा गरेपछि बिधबतरुपमा समापन भएको हो ।
पंचकोशी परिक्रमामा पदयात्री लगायत साधुसन्त, उद्योगि व्यबसायी, बुद्धिजिबी, समाजसेबी लगायत ग्रामिण क्षेत्रबाट आएका गृहस्त आश्रमका हजारौ श्रद्धालु सहभागि भएका छन ।
अन्तरगृह परिक्रमा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै आफुले चिताएको कुरा प्राप्ती हुने, पापबाट मुक्ति पाउने, रोग व्याधि निको हुने तथा मानविय जीवन सार्थक हुने धार्मीक मान्यता छ । विक्रम सम्वत १८१० मा प्रारम्भ भएको मिथिला परिक्रमामा श्रद्धालुहरुले खाली खुट्टा हिँडने गर्छन् ।
पंचकोशी यात्रापछि श्रद्धालुहरुले जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर लगायतका मठमन्दिरहरुमा पुजाआजा समेत गरेका छन। मिथिला परिक्रमामा पदयात्रीहरुले धनुषा, महोत्तरी र भारतीय सिमाबर्ती क्षेत्रको झण्डै १ सय ३३ किलोमिटरको यात्रा गर्दै गरेका छन् ।