होली मनाउन शुरु भएसँगै उपत्यकामा ट्राफिक प्रहरीद्वारा चेकजाँचमा कडाई

सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी
फाल्गुन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
होली मनाउन शुरु भएसँगै उपत्यकामा ट्राफिक प्रहरीद्वारा चेकजाँचमा कडाई

काठमाडौं । होली मनाउन शुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि होली मनाउन शुरू भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखानालगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छतलगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेकजाँच गर्न प्रहरी खटाएको छ । होली खेल्ने साथै सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement