बाँकेमा किशोरीमाथि जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ

फाल्गुन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाँकेमा किशोरीमाथि जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ

बाँके । नरैनापुरमा एक किशोरीमाथि जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

हिजो साँझ नरैनापुर-५ स्थित सडकमा एक किशोरी करणीमा परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक आकाश भुषालले जानकारी दिनुभयो । 

पीडित किशोरीको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बलात्कारका आरोपित ३६ वर्षीय जंगबहादुर तेलीलाई भोजभगवानपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो ।

यसअघि गत माघ महिनामा पनि नरैनापुरमै एक बालिकामाथि जबरजस्ती करणी भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement