काठमाडौं । इङलिस प्रिमियर लिगमा वेस्टह्यामले, आर्सनललाई १-० गोलले पराजित गरेको छ । यो हार पछि आर्सनलको शीर्ष स्थानको लिभरपुल सँगको अंक दुरी छोट्याउने अवसर गुम्यो ।
इमिरेट्स स्टेडियममा गएराती भएको खेलमा वेस्टह्यामले ४४ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि जेरोर्ड बोवेनले गोल गरेका थिए । उनको प्रिमियर लिगमा यो ५० औं गोल पनि हो ।
पहिलो हाफमा १-० ले पछि परेको आर्सनलले पुनरागमन गर्न सकेन् । ७३ औं मिनेटमा मोयल्स लेविस स्केली रातो कार्ड पाउदै मैदान बाहिरिएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो । बोवेनको गोलनै वेस्टह्यामलाई जित हात पार्न पर्याप्त बन्यो । यो नतिजाले आर्सनलको उपाधी दौडमा धक्का लागेको छ ।
शीर्ष स्थानको लिभरपुलको २६ खेलबाट ६१ अंक छ । दोस्रो स्थानमा रहेको आर्सनल १३ अंकले पछि छ । १५ खेल देखीको अपराजित यात्रामा पूर्ण विराम लागेपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफुलाइ एकदमै रिस उठेको प्रतिकृया दिएका थिए । १६ औ स्थानमा रहेको वेसटह्यामको ३० अंक छ ।
प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले चेल्सिलाइ दुइ एक गोलले हरायो । नवौ मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेपनि चेल्सिले जोगाउन सकेन् । घरेलु टिमका लागि मार्को एसेन्सियोले ५७ र ८९ औं मिनेटमा गोल गरेका थिए । छैटौ स्थानको चेल्सिको ४३ अंक छ ।
सातौ स्थानमा रहेको भिल्लाको २७ खेलबाट ४२ अंक छ । म्यानचेस्टर युनाइटेड र एभर्टनले भने दुइ दुइ गोलको बराबरी खेले । एभर्टनका लागि १९ औं मिनेटमा बेटो र ३३ औं मिनेटमा अब्डुलेइ डुकुहे गोल गरेका थिए । तर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ७२ औं मिनेटमा ब्रुनो फर्नान्डेज र ८० औं मिनेटमा म्यानुएल उगार्टेले गोल गरेपछि युनाइटेड हार बाट जोगियो । एभर्टन १४ र युनाइटेड १५ औं स्थानमा छ । टोटेनहमले इपस्विस टाउनलाइ चार एक गोलले हरायो ।