भक्तपुर । जीवित देवीको रुपमा पुजिने भक्तपुरको मूल कुमारीलाई गरगहना, वस्त्र तथा समेब्व: चढाइएको छ ।
रञ्जितकार समाज भक्तपुर र सम्पदा संरक्षण महाअभियानले शनिबार कुमारीलाई सुन-चाँदीका विभिन्न गरगहना चढाएका हुन् ।
भक्तपुरको दुधपाटीस्थित कुथुबहिबाट बाजागाजासहित र्याली निकालेर जीवित देवीको देवघर पुगेर गरगहना चढाइएको हो । कुमारीलाई सुन र चाँदीको समिश्रण रहेको शिरबन्दी, गलामा लगाउने तायो:सहित हात, खुट्टा औंला लगायतमा लगाउने विभिन्न गरगहना धार्मिक पूजाविधि गरी चढाइएको हो । यसका साथै आजै जीवित देवीलाई समेब्व अर्थात् भोजनसमेत गराइएको छ ।