नेपालगन्जमा जबर्जस्ती करणीको अभियोगमा एक जना पक्राउ

माघ २२, २०८१ |जे पाण्डे
नेपालगन्जमा जबर्जस्ती करणीको अभियोगमा एक जना पक्राउ

बाँके । नेपालगन्जमा महिलालाई जबर्जस्ती करणीको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी दिएको तीन दिनपछि जबर्जस्ती करणीको अभियोगमा प्रकाश सुनार पक्राउ परेका हुन् । कास्कीको दुलुङ नगरपालिका घर भई हाल नेपालगन्ज-६ बस्दै आएका ३८ वर्षीय सुनारले गत माघ ६ गते राति कोठामा आएर जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले जाहेरी दिएको थियो । 

बाँके प्रहरी प्रवक्ता आयुस जोशीले सुनारलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । जबर्जस्ती करणीका आरोपीलाई तत्काल पक्राउ गर्न गृहमन्त्री रमेश लेखकले समेत बाँके प्रहरीलाई निर्देशन दिनुभएको थियो ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।