माघेसंक्रान्तिको अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीले मनाए सम्यक दान पर्व

माघ १, २०८१ |सुन्दर शिल्पकार
माघेसंक्रान्तिको अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीले मनाए सम्यक दान पर्व

भक्तपुर । माघेसंक्रान्तिको अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सम्यक दान पर्व मनाएका छन् ।

प्रत्यक वर्ष माघे संक्रान्तिका दिन भक्तपुरका पाँच दीपंकर बुद्धलाई दुधपाटी स्थित थथुवही विराजमान गराई विधिवत रुपमा दान गरि यो पर्व मनाईन्छ । यस दिनमा भूमिमा उब्जिने सबै प्रकारका अन्न, गेडागुडीका साथै फलफुल र मिठाई प्रदान गरि सम्यक भोजन दान गरिन्छ ।

यो पर्व ३ सय ५० वर्ष अगाडिबाट मनाउँदै आएको जनविश्वास छ । यो पर्व काठमाडौंमा १२ वर्षको एक पटक र ललितपुरमा पाँच वर्षको एक पटक मनाइँदै आएको छ । सम्यक दान पर्वमा क्वाठण्डौ प्रशन्नशील महाविहार, साकोथा चतब्र्रम्ह महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछें जयकिर्ति महाविहार, भार्वाचो बौद्ध समकृत विहारको दीपंकर गरी पाँच दीपंकर बुद्धलाई भूमिबाट उब्जाउ हुने अन्न तथा तिल मिसाइएको भात चढाइन्छ । 

भक्तपुरका प्रमुख पाँच दीपंकर बुद्धको प्रतिमूर्तिहरुलाई सम्बन्धित विहारबाट वर्षमा २ पटकमात्र बाहिर ल्याई जात्रा गर्ने चलन छ । त्यसमध्येको एकदिन सम्यक दान पर्व पनि हो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement