सुत्केरीको पीडा भुलाउन बाजागाजासहित स्वागत

पुस ९, २०८१ |चक्र भण्डारी
सुत्केरीको पीडा भुलाउन बाजागाजासहित स्वागत

दैलेख । सन्तान जन्माउन हरेक आमाले ९ महिनासम्म अनेक कष्ट बेहोर्नुपर्छ । त्यसमाथि दुर्गम पहाडी क्षेत्रमा महिलाका दुःख अलग्गै छन् । स्वास्थ्य संस्थामा नियमित परीक्षणको सुविधा हुँदैन, प्रसूतिका बेला तालिमप्राप्त स्वास्थ्यकर्मी नजिकै हुँदैनन् । सुत्केरी हुँदाको दुःख भुलाउन दैलेखको पूर्वी भेगका गाउँपालिकाले भिन्न परम्परा सुरु गरेका छन् ।

दैलेखको पूर्वी क्षेत्रका गाउँपालिकाले सुत्केरीलाई खुसी बनाउन छुट्टै खालको परम्परा सुरु गरेका छन् । गाउँलेहरुले स्वास्थ्य संस्थामै पुगेर सुत्केरी र बच्चालाई स्वागत गर्दै बाजागाजासहित घर पुर्‍याउने गर्छन् । यसले गर्भावस्थादेखि सुत्केरी हुँदासम्मको पीडा र दुःख भुल्न थोरै भए पनि सघाउ पुग्ने र खुसी लाग्ने महिलाहरुको अनुभव छ ।

गाउँ-टोलमा नयाँ सदस्यको आगमन भएको अर्थात् बच्चा जन्मिएको सन्देश दिनु यो परम्पराको अर्को विशेषता हो । छोरा होस् वा छोरी, जन्मनैबित्तिकै टोल समाजमा छैंटी र न्वारनका दिन गच्छेअनुसार भतेरसमेत गर्छन् ।

राम्रो स्याहार नपाउँदा र समयमै उपचार नपाउँदा कतिपय दुर्गम भेगका सुत्केरीले ज्यान गुमाइरहेका छन् । दैलेखमा भने सुत्केरीलाई गरिने सम्मानपूर्ण व्यवहारले सुत्केरीलाई खुसी बनाएको छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement