काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ ।
जोन्टा क्लब अफ काठमाडौंले एनसेल र साथीसँगको सहकार्यमा सञ्चालन गरेको १६ दिने लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धता अभियानको समापन गरेको हो ।
अभियानमा युवाहरुको भूमिकालाई विशेष महत्व दिइएको थियो । समापन कार्यक्रममा जोन्टा क्लबकी अध्यक्ष विना राणाले लैंगिक हिंसा र बाल विवाहविरुद्ध तथा जलवायु परिवर्तनका विषयमा चाँडोभन्दा चाँडो कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।
अभियानमा युनिसेफ, यूनेस्को, इसिमोडलगायत विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो ।