अयोध्याबाट आएका जन्तीलाई मधेश प्रदेश सरकारले दिवा भोजसहित गर्यो सम्मान

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अयोध्याबाट आएका जन्तीलाई मधेश प्रदेश सरकारले दिवा भोजसहित गर्यो सम्मान

जनकपुर । मधेश प्रदेश सरकारले भारतको अयोध्याबाट आएका जन्तीलाई दिवा भोजसहित सम्मान गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा आएका पाँचसय भन्दा बढी जन्तीलाई मिथिला परम्पराअनुसार आज दिवा भोजन गराउनुको साथै सम्मान गर्नुभएको हो ।

त्यसक्रममा रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायले विवाह पञ्चमी महोत्सवले नेपाल भारतबीचको प्राचीन सम्बन्धलाई नयाँस्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने गरेको बताउनुभयो । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका तर्फबाट मन्त्री सकिल अलि मियाले सबै जन्तीलाई कम्बल वितरण गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement