नेपालमा एकल महिलाको संख्या दोब्बरले वृद्धि

मंसिर १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा एकल महिलाको संख्या दोब्बरले वृद्धि

काठमाडौं । नेपालमा एकल महिलाको संख्या दोब्बरले वृद्धि भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकमा एकल महिला सन् २००१ मा ३ दशमलब ७ प्रतिशत रहेकोमा सन् २०२१ मा दोब्बरले वृद्धि भइ ६ दशमलब ६ प्रतिशत पुगेको हो ।

नेपालमा ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला रहेको देखिएको छ । त्यसमध्ये ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको कार्यालयले जनाएको छ । 

तथ्यांक कार्यालयका अनुसार दश वर्षभन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८ दशमलब २ प्रतिशत एकल महिला रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement