डडेलधुराको उग्रतारा भगवती मन्दिरमा जात्रा

मंसिर १, २०८१ |कान्तिपुर टीभी संवाददाता
डडेलधुराको उग्रतारा भगवती मन्दिरमा जात्रा

डडेल्धुरा । डडेलधुरास्थति उग्रतारा भगवती मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध जात्राको हजारौं श्रद्धालुले दर्शन गरेका छन् ।

शुक्रबार रातिबाट शुरू भएको मेला शनिवार सम्पन्न भएको हो । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा लाग्ने मेलामा उग्रतारा मन्दिरमा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने विश्वास छ । 

सतीदेवीले आफ्नो शरीर त्याग गरेपछि शिवले सतीदेवीको देह बोकेर हिँड्दा कात्तिक पूर्णिमाकै दिन यस क्षेत्रमा एक अंश खसेको किंवदन्ती छ । 

देहीजातका नामले प्रसिद्ध मेलामा सुदूरपश्चिमका बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका साथै छिमेकी भारतीय क्षेत्रबाट समेत हजारौं श्रद्धालु भक्तजनहरु उग्रतारा दर्शन गर्न आउने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement