मोरङको बुढीगंगा गाउँपालिकामा असहाय आमाहरुका लागि वृद्धाश्रम सञ्चालन

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
मोरङको बुढीगंगा गाउँपालिकामा असहाय आमाहरुका लागि वृद्धाश्रम सञ्चालन

मोरङ । बुढीगंगा गाउँपालिका-१ मा सुविधासम्पन्न जागृति वृद्धाआश्रम सञ्चालनमा आएको छ ।

५० लाख रुपैयाँको लागतमा ५ कोठाको एकतल्ले वृद्धाश्रम सञ्चालनमा आएको हो । १३ जनासम्म बसोबास गर्दै आएका ज्येष्ठ आमाहरूलाई भवन निर्माण सम्पन्न भएपछि सहज भएको छ । यसअघि एउटै कोठामा ३ देखि ४ जनासम्म बस्नुपर्ने अवस्था थियो । 

विभिन्न कारणले जीवनको उत्तराद्धमा घरबारविहीन भएका आमाहरु यो वृद्धाआश्रममा बस्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement