भक्तपुरका नेवार समुदायले मनाए सकिमना पुन्ही

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरका नेवार समुदायले मनाए सकिमना पुन्ही

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज सकिमना पुन्ही मनाएका छन् ।

कार्तिक शुक्ल पूर्णिमाको दिन नेवार समुदायले आज बिहानदेखि भगवान नारायण र शिवको पूजा आरधना गर्दै अन्न र गेडागुडीबाट विभिन्न मठमन्दिर तथा देवदेवीका आकृति बनाएर यो पर्व मनाएका हुन् ।

यसक्रममा टोल टोलमा रहेको स्थानीय दाफ भजन समूहले भुटेका मकै, भटमास, गहुँलगायत गेडागुडीमार्फत चित्रकला प्रदर्शनी गरेका छन् । स्थानीय भाषामा हलिमली भनिने यस पर्वमा पिँडालु सखरखण्ड खाने चलन छ ।

प्रदर्शनीमा राखिएका चित्रकलामा पूजा गरि भजन गाइन्छ । विद्यालयको स्थानीय पाठ्यक्रमा समेत यो पर्वको विषयमा पढाइ हुने भएकाले विद्यालयहरूले विद्यार्थीलाई अन्नबाट बनेका देवदेवताका चित्रकला अवलोकन समेत गराएका थिए ।

यो दिन भक्तपुरका भक्तजनहरु आशापुरी महादेव, यातु महादेव, केदारनाथको शिर डोलेश्वर महादेव,चाँगुनारायण, इचंगुनारायण लगायतका मन्दिरमा गएर दर्शन गर्ने चलन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement