आज कात्तिक पूर्णिमा, कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज कात्तिक पूर्णिमा, कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

काठमाडौं । आज कात्तिक पूर्णिमाका दिन सिरहा र धनुषाको सीमामा भएर बग्ने कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।

कमलाको उत्तरवाहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भारतसहित नेपालका विभिन्न जिल्लाबाट आएका श्रद्धालुको भीड लागेको हो ।

कात्तिक शुक्ल पूर्णिमा को दिन कमलामा स्नान गर्नाले दुःखकष्टबाट मुक्ति पाइने जनविश्वास छ । आज परेको कार्तिक पूर्णिमामा कमला स्नान गर्न श्रद्धालुहरू हिजै साँझदेखि नदी तटमा गएर बास बसेका थिए ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदीको शुद्ध पानी घर लैजाने गर्छन् । यो पानीलाई जमिनमा छर्केर पूजा गर्दा शुद्धता मिल्ने जनविश्वास छ । आजका दिन कमलामा धामी-झाँक्रीहरुले भूत र कुल देवताको पूजा गर्ने परम्परा छ । त्यसैले यसलाई भूत मेला पनि भनिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement