सल्यान । सल्यानको शारदा नगरपालिकाले प्रथम शारदा युवा सम्मेलन गरेको छ ।
नगरपालिकालाई युवामैत्री नगर बनाउनका लागि नगरपालिकाले पहिलो पटक शारदा युवा सम्मेलन गरेको हो ।
नगरपालिकाको विकासमा युवा सहभागिता सुनिश्चित गर्न सम्मेलनमा आएका सुझावलाई आगामी बजेटमा युवाका मुद्दालाई समेट्दै नीति तथा कार्यक्रममा समेटि्ने पालिकाले जनाएको छ ।
सम्मेलनमा सहभागी युवाहरुले युवामैत्री नीति, कार्यक्रम ल्याउन माग गरेका छन् । युवा सम्मेलनमा १५ वटै वडाका १८ देखि २८ वर्षका करिब २ सय जना युवाहरुको सहभागिता रहेको थियो ।