छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ दिँइदै

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ दिँइदै

काठमाडौं । सूर्य उपासनाको पर्व छठ आज उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिँदैछ । छठी घाटमा ब्रतालुहरुले बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठको विधिवत समापन गरिँदैछ । 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ मङ्गलबार सुरु भएको हो । छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ ।

यसअघि हिजो विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

अर्घ्य दिएपछि व्रतालुहरू नदी तथा तलाउका किनारमा रातभर जाग्राम बसेका थिए । कात्तिक शुक्ल सप्तमी दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन भएको हो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।

लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार अत्रि मुनीकी पत्नी अनुसूयाले सबैभन्दा पहिले छठको व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement