छठ पर्वका लागि सिँगारियो काठमाडौंका नदी र पोखरी

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
छठ पर्वका लागि सिँगारियो काठमाडौंका नदी र पोखरी

काठमाडौं । छठ पर्वका लागि काठमाडौंका नदी तथा पोखरी सिँगारेर झकिझकाउ पारिएका छन् ।

काठमाडौं महानगरपालिकाले कमलपोखरीको चारैतिर पेटीमा व्रतालुलाई बस्ने र सूर्यलाई अर्घ्य दिन घाट व्यवस्थित गरेको छ । करिब ५ सय व्रतालुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । 

पोखरी तथा आसपासपासका क्षेत्रमा झिलिमिली बत्तीले सजाइएको छ भने पोखरीमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ । यस्तै, भीड व्यवस्थापनका लागि ठूलो संख्यामा नगरप्रहरी खटाइने काठमाडौं महानगरले जनाएको छ । 

 यस्तै, गुह्येश्वरी तथा बागमती नदी किनारा पनि छठका लागि सिँगारेर झकिझकाउ बनाइएका छन् । घाट प्रवेश गर्ने गेटदेखि नदीकिनारासम्म मिथिला संस्कृति झल्किने चित्र कुँदिएका छन् ।

छठको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ वर्प मनाउने गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement