तराईका महिलाले गोधन कुटेर मनाए भाईदुज

कार्तिक १८, २०८१ |उपेन्द्र ठाकुर
तराईका महिलाले गोधन कुटेर मनाए भाईदुज

वीरगन्ज । दाजुभाईको दिर्घायुको कामना गर्दै मनाइने भाईदुज पर्व तराईका महिलाहरुले आइतबार गोधन कुटेर मनाएका छन् । दाजुभाईको दिर्घायुका लागि तराईका महिलाले दाजुभाईका शत्रुहरुको गोधन कुटेर भाईदुज पर्व मनाएसँगै तराईमा छठ पर्वको शुरुवात हुन्छ । 

दाजुभाईको दिर्घायुको कामना गर्दै निधारमा सप्तर‌ंगी टिका लगाएर दिदिबहिनीले मनाउने भाईटिका तराईका महिलाहरुले भने भाईदुज पर्वको रुपमा मनाउने गर्छन । दाजुभाईको दिर्घायुको कामना गर्न तराईका महिलाहरुले यस दिन आफ्ना दाजुभाईभित्र रहेको दुर्गुणरुपी शत्रुको गोधन कुटने काम गर्छन ।

यो जो गोधन कुटदैछौं नी यसमा दिदीबहिनीले आफ्नो दाजुभाईको दुश्मनलाई कुटने गर्छन । भाईको जति दुश्मन छन ति सबै समाप्त होस । काजल जुन लगाउंछौ त्यसको अर्थ दाजुभाईलाई दुश्मनको नजर नलागेस त्यसका लागि लगाउंछौ ।

भाईटिकाको एक दिन अगाडि गोबरको पर्वत बनाई घर अगाडि गोबर्धन पुजा गरेका दिदिबहिनीहरुले सोही गोबरलाई भाईटिकाको दिन उज्यालो हुनुभन्दा पहिले नै नजिकको चोकमा जम्मा गर्दछन् । जम्मा गरिएका गोबरमाथि गोरु जोत्ने पालो राखि सबै महिलाहरुले पालै पालो आ आफ्ना दाजुभाईको नाम लिादै पहिला उनीहरुभित्र भएको दुर्गुणलाई मार्ने र त्यसपछि सदगुणलाई जिउादो पार्ने कामना गर्दै मंगल गितहरु गाउाछन् । यसरी गोधन कुटेपछि दाजुभाईभित्र रहेको शत्रु मरेर उनीहरुको उनीहरुको दैवीय पूनर्जन्मसागै दिर्घायु हुने मान्यता रहिआएको छ ।

गोधन कुटाईसँगै दाजुभाईभित्र रहेको शत्रुको नाश भएकाले खुशी मनाउादै महिलाहरु एक अर्काको आाखामा कालो जागल र निधारमा सिन्दुरको लामो टिका लगाएर उदाउादो सुर्यतिर फर्केर सुर्यको उपासना गर्दै मागल गित गाउाछन । गोधन कुटाईको समापनसागै आजदेखि नै तराईमा छठ पर्वको शुरुवात भएको मानिन्छ । गोधन कुटेर घर फर्किएसागै महिलाहरु छठ पुजाको सामान किनमेल र तयारीमा जुटने गर्छन ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement