आयआर्जनमा जोड दिन ६५ जना किसानलाई माहुरीसहित घार वितरण

फाल्गुन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
आयआर्जनमा जोड दिन ६५ जना किसानलाई माहुरीसहित घार वितरण

सल्यान । सल्यानमा आयआर्जनमा जोड दिन ६५ जना किसानलाई माहुरीसहित घार वितरण गरिएको छ ।

डिभिजन बन कार्यालय अन्तगर्तको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना र बनगाड कुपिण्डे नगरपालिका-४ डोब्केमा रहेको सल्लेरी सामुदायिक वनले ६५ जनालाई मौरीघार वितरण गरेको हो ।

सामुदायिक वनको १ लाख ४ हजार र पारिस्थितिकीय प्रणाली परियोजनाको ६ लाख ७५ हजार रकमबाट आधुनिक मौरीघार लगायतका सामग्री वितरण गरिएको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । 

स्थानीयले मौरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन सकून् र यस बाट आयआर्जन गरुन भन्ने उदेश्यले घार वितरण गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement