सुनकाेसी नदीकाे सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिजमा आजबाट सवारी सधान चल्ने

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुनकाेसी नदीकाे सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिजमा आजबाट सवारी सधान चल्ने

काठमाडौं । सुनकोसी नदीको सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिजमा आजबाट यातायातका साधन चल्ने भएका छन् ।

दुई साताअघि आएको बाढीले सुनकोसी नदीको पुल बगाएकोमा सेनाले सो स्थानमा बेलिब्रिज हाल्ने काम हिजो सोमबार सकेको थियो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र उर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बेलिब्रिजको उद्घाटन गरे पश्चात सार्वजनिक सवारी साधन सुचारु हुनेछ ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले सुनकोसी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगेकोमा काम शुरु भएको दुइसाता मै बेलिब्रिज हालेर तयार गरिएको हो । भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न भएपछि बेलिब्रिजबाट यातायात संचालन गर्न लागिएको हो ।

बाढीले सुनकोसीको पुल बगाउँदा रामेछाप आवतजावत गर्न सर्वसाधारणले दोलखा हुँदै सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो । करिब १८ करोडको लागतमा १० वर्ष अघि बनेको सुनकोसी नदीमाथिको पक्की पुलले सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ को वेतिनीलाई जोड्ने गर्दथियो ।

पुलको कुल लम्बाइ १०० मिटर रहेकोमा बाढीले ५१ मिटर भाग बगाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.