सराय नाच : पञ्चेबाजाको तालमा हातमा तरवार र खुँडा

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सराय नाच : पञ्चेबाजाको तालमा हातमा तरवार र खुँडा

प्यूठान । हातमा तरवार, खुँडा बोकेर पञ्चेबाजाको ताल नाचिन्छसराय नाच । एकादशीदेखि कोजाग्रत पूणिर्मासम्म यो नाच नाचिन्छ । शक्तिकी प्रतीक देवीलाई खुशी पार्न प्यूठानमा हरेक वर्ष देवी मन्दिरहरुमा यो नाच देखाइन्छ । हातमा तरबार, खुडा र हतियार प्रदर्शनसहित नाचिने नाचले देवी खुशी हुने विश्वास छ । 

सरायनाच प्यूठानको ओखरकोट, तुषाराकोट, बिजुलीकोट, वाङ्गेमरोटकोट, बादीकोटको गढिका कोटलगाएतका दर्जनौ कोतघर तथा शक्तिपीठहरुमा देखाइन्छ । यसका अलवा अर्घाखााचीको अर्घा, सन्धिखर्क, खााचीकोट, गोखुङ्गा, हसंपुर, ढाकावाङ्ग, जुकेना, मैदानलगायत गुल्मी र पाल्पा, तथा कपिलवस्तु र रुपन्देहीमा समेत नाचिन्छ । अर्घाखााचीको अर्घा भगवती मन्दिरमा नाचिने नाच सबैभन्दा चर्चित छ ।

यो नाचको प्रचलन कहिलेदेखि चलेको हो भन्ने यकिनका साथ भन्न सकिदैन । आफ्नो क्षेत्रको पहिचान बोकेको सराय नाच संरक्षण र प्रवर्द्धनमा यहााका युवापुस्ता लागि परेका छन् । स्थानीय तह, जनप्रतिनिधिले पनि सराय नाँच प्रवर्द्धनमा चासो देखाउदा यो नाच थप परिस्कृत हुँदै गएको छ ।

विस्तृतमा हेर्नुहोस अर्घाखाँची सहकर्मी रुद्रमणि भुसालको साथमा प्यूठान सहकर्मी शम्सेरविक्रम जिसीले तयार पारेको यो रिपोर्ट :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.