बर्दियास्थित नेपाल-भारत सीमामा एक नेपालीमाथि गोली प्रहार

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बर्दियास्थित नेपाल-भारत सीमामा एक नेपालीमाथि गोली प्रहार

बर्दिया । बर्दियास्थित नेपाल-भारत सीमामा एक नेपालीमाथि गोली प्रहार भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ८ का बलराम लोध गोली प्रहारबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । हिजो साँझ खेतमा काम गरिरहेका लोधमाथि ढाडमा गोली लागेको प्रहरीको भनाइ छ । 

घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका एसपी चित्राङ्गत थापाले बताउनुभयो । घाइते लोधले भने भारतीय वन रक्षकले आफूमाथि गोली प्रहार गरेको बताएको प्रहरीको भनाइ छ । घाइते लोधको उपचार शिक्षण अस्पताल कोहलपुरमा भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.