दशैंको रौनक, समुदायपिच्छे फरक-फरक टीका

आश्विन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशैंको रौनक, समुदायपिच्छे फरक-फरक टीका

काठमाडौं । नेपालीको महान चाड बडादशैं समुदायपिच्छे फरक–फरक रुपमा मनाइन्छ । दशैंका दिन जमरासहित रातो, कालो तथा सेतो टीका लगाएर समुदायपिच्छे फरक रुपमा मनाउने चलन छ ।

ब्राम्हण तथा क्षेत्री समुदायले रातो टीका तथा नेवार समुदायले रातो टिकाको बीचमा कालो मोहनी टिका लगाउने चलन छ भने राई, लिम्बु, गुरुङ, तामाङ, मगर समुदायले सेतो टीका लगाउने गरेका छन् ।

नेवार समुदायले दशैं घरमा बालेको तेल बत्तीबाट निस्केको धुँवाले माटोको सलिमा जमेको कालो टीकालाई मोहनी सिन्ह् अर्थात कालो टिका भन्ने गरिन्छ । कालो टीका तान्त्रिक विद्यासँग पनि जोडिन्छ ।

यस्तै राई, लिम्बु, गुरुङ, तामाङ, मगर तथा थारु समुदायले भने निधारभरि सेतो अक्षताको टीका लगाएर दशैं मनाउने गर्छन् । यी समुदायमा दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने र परिवार आफन्त तथा अन्य मान्यजनबाट टीका थापेर आशीर्वाद ग्रहण गर्ने चलन छ ।

दशैंका बेला टाढा-टाढा गएका परिवार सदस्यहरु घर फर्की सँगै बसेर मिठो परिकार खाएर मनाउने गरेका छन् । त्यसैले यसलाई पारिवारिक पुनर्मिलनका रुपमा समेत लिने गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.