विजया दशमीमा टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विजया दशमीमा टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । दशैंको मुख्य दिन भोलि विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ । भोलि बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

 उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र भोलि दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ । 

चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ ।

नेवार समुदायले यो दिन मोहनी नख: मनाउने चलन छ । ९ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी उमारिएको नल स्वा अर्थात् जमरा लगाउने चलन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement