दशैं आएसँगै जनकपुरका मन्दिरहरु झकिझकाउ, व्यापार र चलहपलह बढ्यो

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशैं आएसँगै जनकपुरका मन्दिरहरु झकिझकाउ, व्यापार र चलहपलह बढ्यो

जनकपुर । दशैंको अवसरमा जनकपुरधामका राजदेवी मन्दिरसहित विभिन्न मन्दिरहरु झकिझकाउ भएसँगै बजारमा चहलपहल बढेको छ ।

सुस्त देखिएको जनकपुरधामको आर्थिक गतिविधि दशैंको उत्सवसँगै चलायमान देखिएको हो । राजदेवी लगायतका मन्दिरहमा युवा क्लवहरुले गरेको भव्य सजावट, पूजापाठ तथा विभिन्न सांगीतिक कार्यक्रमले जनकपुरधाम गुलजार बनेको छ ।

हरेक वर्षजस्तै यस वर्ष पनि जनकपुरधाममा दशैँको सस्तो बजार लगाइएको छ । सुपथ मूल्यमा सामान खरिद गर्न पाउने भएपछि सस्तो बजारमा उपभोक्ताको भीड छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement