अन्तर्राष्ट्रियस्तरमै सफलता दिलाएका महिला खेलाडी

आश्विन २५, २०८१ |खेल ब्युरो
अन्तर्राष्ट्रियस्तरमै सफलता दिलाएका महिला खेलाडी

काठमाडौं । आफन्त भेटघाट, मीठा परिकार खाने र यात्रा गर्ने मात्र होइन, महिला सशक्तीकरणको प्रतीक पनि हो दशैं । दशैंमा महिला शक्तिलाई स्वीकार गर्दै नौ दिनसम्म विभिन्न देवीको पूजा गरिन्छ । आज हामी नेपाली खेलकुदमा महिला खेलाडीले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलता सेलिब्रेट गर्दैछौ । नेपालका लागि ओलम्पिकमा पदक जित्नेदेखि युरोपमा व्यवसायिक फुटबल खेल्ने सबै महिला खेलाडी हुन् । 

खेलकुदले लिंगमा होइन, क्षमतामा विश्वास राख्छ । तर पनि सफलता कसले कति हात पार्‍यो त्यसको मूल्याङ्कन भने हुन्छ । नेपाली खेलकुदलाई समग्रमा हेर्ने भने महिला खेलाडी अन्तर्राष्ट्रियस्तरमा अब्बल सावित भएका छन् । नेपालले, छनोट चरण पार गरेर ओलम्पिक खेल्ने संगिना वैद्यदेखि पलेशा गोवर्धनसम्म पाएको छ । ओलम्पिकमा नेपाललाई पहिलो पदक पनि महिला खेलाडीले नै दिलाइन् । गत अगस्टमा तेक्वान्दोकी पलेशाले, पेरिस पारालिम्पिक्समा ऐतिहासिक कास्य पदक जितेकी हुन् । योसागै नेपालको ६० वर्षदेखिको ओलम्पिक पदक खडेरी पनि तोडियो । पलेशाले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिनै रहेकी छिन् । एरिका गुरुङ, राष्ट्रिय टिममा डेब्यु गरेको छोटो समयमै करातेको सर्वाधिक सफल बनिसकेकी छन् । सन् २०२३, सेप्टेम्बरमा उनले पहिलो अन्तर्राष्ट्रिय पदक जितेकी थिइन् । त्यसको एक वर्षभित्र एरिकाको पदक संख्या ६ पुगिसकेको छ । जसमा १९ औं र एसियन सिनियर कराते च्याम्पियनसिको रजत पदक समावेश छ । उनले एसियाडमा व्यक्तिगततर्फ २५ वर्षपछि नेपालका लागि रजत जितेकी थिइन् ।

२० वर्षीया एरिका हाल इटालीमा विश्व कंराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेकी छन् । १९ औं एसियाडमा महिला कबड्डीले पदकविहीन हुने खतराबाट जोगाएको थियो । नेपाल खराब प्रदर्शनबाट गुजि्ररहेको समयमा कबड्डीले कास्य जित्दै शाख जोगाएको हो त्यो पनि डेब्यू मै ।

फुटबलमा पनि तुलनात्मक रुपमा महिला टोलीको सफलता लोभलाग्दो छ । नेपाल साफ च्याम्पियनसिपमा पााच र दक्षिण एसियाली खेलकुदमा तीन पटकको उपविजेता हो । यसै वर्ष साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा पनि नेपाल फाइनल पुगेको थियो । नेपालका लागि युरोपमा व्यवसायिक फुटबलको ढोका पनि खेल्ने महिला फुटबल नै हो । सावित्रा भण्डारी हाल फ्रान्सको शीर्ष डिभिजनको लिग खेलिरहेकी छन् । उनी दक्षिण एसियामा सर्वाधिक ५३ गोल गर्ने खेलाडी हुन् । यस्तै रेखा पौडेल, यूएइ र एन्जिला तुम्बापो सुब्बा गि्रस क्लबमा आवद्ध छन् । अन्य धेरै खेलाडी भारत, भुटानलगायतको लिगमा ब्यस्त छन् ।

नेपाली टोली अहिले घरेलु मैदानमा कात्तिक १ गतेदेखि हुने साफ च्याम्पियनसिपको तयारीमा छ । भलिबलमा पनि महिला टोलीको प्रदर्शन उच्च छ । १३ औं सागमा रजत जितेर इतिहास रचेको महिला भलिबल टिमले लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिरहेको छ ।

त्यसो त महिला क्रिकेटले पनि यसै वर्ष एसिया कपमा डेब्यू गर्‍यो । कुनै समय पुरुषभन्दा अघि विश्वकप खेल्छ भनेर अनुमान गरिएको महिला टोली लगानी अभावमा पछि पर्‍यो । तर अहिले पुनरागमनको प्रयासमा छ ।

एथ्लेटिक्समा पनि सन्तोषी श्रेष्ठले राज गरिरहेकी छन् । महिला खेलाडीको सफलताले, पुरुष खेलाडीलाई पनि उच्च प्रदर्शन गर्न प्रेरित गरिहेको छ ।



Enter Kantipur TV HD
Advertisement