जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई दशैं 'हर्ष न विस्मात'

आश्विन २५, २०८१ |महेश केसी
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई दशैं 'हर्ष न विस्मात'

रुकुम । सबैतिर दशैंको रमझम चलिरहँदा रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितको घर-आगनमा भने दशैंको कुनै रौनक छैन । ११ महिनाअघि गएको भूकम्पका कारण प्रियजन र घरबास गुमाएकाहरु शोककै बीचमा दशैंलाई जसोतसो मनाउने प्रयासमा छन् । 

गत वर्ष कार्तिक १७ गतेको भुकम्पले रुकुम पश्चिममा ३२ हजार ९ सय ९६ र जाजरकोटमा ३४ हजार ५ सय १ घरपरिवार प्रभावित भए । दुई जिल्लामा गरी १ सय ५७ जनाको मृत्यु भयो भने सयौं सर्वसाधारण घाईते भए ।

भूकम्पका कारण प्रियजनसँगै घरबास गुमाएका पिडितहरुको अस्थायी टहरामा यतिबेला दशैंको खास रौनक छैन । यहाँ यतिबेला दशैं मात्रै होईन भुकम्पपछि आएका कुनैपनि चाडबाडलाई उनिहरुले उमंगमय तरिकाले मनाउन नसकेको बताउछन् ।

साविकको घर भुकम्पले भत्काईदिएपछी टहरामा बसिरहेका भूकम्पपीडित भूकम्प प्रतिरोधी स्थायी संरचनाको प्रतिक्षामा रहेको बताउँदै यो विषयमा सरकार गम्भिर नभएको गुनासो गरिरहेका छन् ।

चाडबाडको माहोलले सबैतिर उमंग छाएका बेला आफुहरुलाई भने यो दशैंको आगमन 'हर्ष न विस्मात' भएको पीडितको भनाई छ । भूकम्प प्रभावित क्षेत्रमा सर्वसाधारणमा दशैंको उल्लासभन्दा अहिलेपनि मनमा डर छ ।

आफन्त र घरबास बिहिन भएका रुकुम पश्चिम र जाजरकोटका भूकम्पपिडितहरु शोकलाई भुल्दै दशैं मनाउने प्रयास त गरिरहेका छन् । तर उनिहरुमा खास उत्साह र उमंग नहुँदा यो दशैं औपचारिकतामा मात्रै सिमित भएको छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement