विदेशी भूमिमा दशैंको राैनक

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विदेशी भूमिमा दशैंको राैनक

न्युयोर्क । दशैँले विदेशमा बस्ने नेपालीहरूको व्यस्तता बढाएको छ । नियमित कामसँगै दशैको किनमेल र तयारी गर्न उनीहरूलाई भ्याइनभ्याइ हुन्छ । भूगोल फरक भएपनि संसारभर छरिएर रहेका नेपालीहरूले बडादशैं मनाउन कुनै कसर बाँकी राखेका छैनन्। प्रसंग हो अमेरिकाको न्युयोर्कस्थित रिजउडमा बस्ने नेपालीको । नेपाली समुदायले आफ्नै मन्दिर बनाएपछि उनीहरूले दशैलाई भव्य बनाउने गरेका छन् ।

अमेरिकाको न्यूयोर्कस्थित रिजउडमा रहेको दुर्गा मन्दिरका पूजारी दीपक खरालको व्यस्तता यति बेला निकै बढेको छ। नियमित दुर्गा पुजा मात्र होइन साँझ पख हुने आरतीमा पनि उहाँ पुग्नुहुन्छ । अझ नवरात्रीभरी दुर्गा पूजामा तथा भक्तजनहरुलाई टिकाटालो गरी व्यवस्थापन गर्ने जिम्मा पनि उहाँकै काँधमा छ ।

नेपाली समुदायले आफ्नै लगानीमा मन्दिर स्थापना गरेपछि यहाँ बसोबास गर्ने नेपालीहरु लाभान्वित त भएकै छन् दशैँतिहार जस्ता चाडपर्व भव्य बनाउन पाएकोमा दंग पनि छन् । रिजवुडको आफ्नै मन्दिरमा हुने धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुन पाउँदा धेरैले नेपालमै भएको अनुभुति गरिरहेका हुन्छन् ।

अमेरिकाका विभिन्न स्थानमा रहने नेपालीहरुले आ-आफ्नै तरिकाले दशैँ मनाइरहेका छन् भने नेपालकै आभाष हुने गरी मनाउने तयारी पनि गरेका छन् । कामबाट फुर्सद मिलाएर चाडबाड मनाइरहेका उनीहरू नेपालकै आभाष हुने गरी तयारी गरिरहेका छन्।

संसारको जुनसुकै कुनामा भएपनि नेपाली चाड पर्वतथा मौलिकतामा रमाउन भने नेपालीले भुलेका छैनन् । न्युयोर्कको रिजवुडलगायत अमेरिकाका विभिन्न स्थानमा नेपाली समुदायले आफ्नै पहलमा मन्दिर तथा सामुदायिक भवन निर्माण गरी आफ्नो भाषा, कला तथा मौलिकतालाई संरक्षण गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement