डिजिटल दक्षिणा : राज्यलाई कम भार

आश्विन २५, २०८१ |सुदिल पोखरेल
डिजिटल दक्षिणा : राज्यलाई कम भार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका बेला नोटहरु होसियारीपूर्वक चलाउन आग्रह गरेको छ । नोटमा पानी, चन्दन, अक्षता वा अबिर नलाग्ने गरी प्रयोग गर्न राष्ट्र बैंकले भनेको हो । रङ वा अबिर लागेमा नोटको आयु घट्ने भएकाले राज्यलाई आर्थिक भारसमेत पर्ने छ । 

दशैंमा दक्षिणाका रुपमा नयाँ नोट प्रयोग गर्ने चलन थियो । तर, यसपाली नयाँ नोटमा अबिर लाग्दा आर्थिक क्षति हुने भन्दै सुकिला नोट नै बाँड्ने निर्णयमा राष्ट्र बैंक पुग्यो । तिनै नोट पनि होसियारीपूर्वक चलाउन सके आयु लम्बिने र आर्थिक भार कम हुने राष्ट्र बैंकले बताएको छ ।

नोट छपाईमा राष्ट्र बैंकको प्रतिनोट १ रुपैया ४० पैसादेखि ४ रुपैयाँ ६८ पैसासम्म खर्च हुन्छ । १० रुपैयाँको नोट सबैभन्दा कम अर्थात् १ रुपैयाँ ४० पैसामा र ५ सय रुपैयाँको नोट सबैभन्दा बढी ४ रुपैयाँ ६८ पैसामा छापिन्छ । यसरी बर्सेनी ३ अर्ब रुपैयाँ खर्च गरेर छापिने नोट फोहोर नहोस् भनेर सरकारले कानुन पनि बनाएको छ । मुलुकी अपराध संहितामा नोटमा केरे वा लेखेमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

नोटको जतनसाथ चलाएर राज्यको खर्च बचाउनु राष्ट्र बैंकको मात्रै जिम्मेवारी होइन आमनागरिकको दायित्व पनि हो ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement