दाङमा सामूहिक बलात्कारका चार आरोपी पक्राउ

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाङमा सामूहिक बलात्कारका चार आरोपी पक्राउ

दाङ । विवाहको प्रलोभन देखाएर १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका-५ का २४ वर्षीय सञ्जित चौधरी, सोही ठाउँका १९ वर्षीय धीरज चौधरी, २१ वर्षीय सन्दिप चौधरी र १९ वर्षीय किरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार पक्राउ परेका किरण चौधरीले विवाह गर्ने प्रलोभन देखाएर केटीलाई बोलाएर गढवा गाउँपालिका–५ मंघरस्थित 'ह्युमपाइप' बनाउने कम्पनीको खाली घर (हाल बन्द अबस्थामा रहेको) मा लगेर सामूहिक बलात्कार गरेका थिए । पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको थापाले जनाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.