अछाममा सुत्केरी महिलाको बाटोमै मृत्यु

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
अछाममा सुत्केरी महिलाको बाटोमै मृत्यु

अछाम । ढकारी गाउँपालिका-६ मा एक सुत्केरी महिलाको उपचारका लागि लैजाँदै गर्दा उच्च रक्तश्राबका कारण बाटोमै मृत्यु भएको छ । गए राति सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने क्रममा २९ वर्षीया सरितादेवी जैशीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमै छोरा जन्माएकी सरितादेवीलाई स्वास्थ्यचौकी ढुङ्गाचाल्ना पुर्‍याइएको थियो, उच्च रक्तश्राब भएपछि थप उपचारका लागि उहाँलाई जिल्ला अस्पताल म‌ंगलसेन पुर्‍याइएको थियो । मंगलसेन अस्पताल पुर्‍याउँदा उहाँको मृत्यु भइसकेको थियो ।

'बाटोमै बच्चा जन्माएकी सरितादेवीलाई समयमै अस्पताल ल्याइपुर्‍याएको भए बचाउन सकिने थियो,' जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिराज आचार्यले भन्नुभयो, 'बच्चा जन्मिनेक्रममा उच्च रक्तश्राब भएको र ढिलो गरी अस्पताल ल्याएकाले उहाँको बाटोमै निधन भयो ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.