नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, यातायात ठप्प

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, यातायात ठप्प

नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा फेरि सडक भासिएको छ । पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार अन्दाजी २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो ।

भासिएको सडकको मर्मतको काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.