ललितपुरको महांकाल र कोन्ज्योस्योम बाढी-पहिरोले तहसनहस, संघ र प्रदेश सरकार बेखबर

न विद्युत न टेलिफोन
पैदल हिँड्ने बाटोसमेत छैन
आश्विन १८, २०८१ |अवतार राई|पशुपति बुढाथोकी
ललितपुरको महांकाल र कोन्ज्योस्योम बाढी-पहिरोले तहसनहस, संघ र प्रदेश सरकार बेखबर

ललितपुर । गत असोज ११ र १२ गतेको भारी वर्षापछिको बाढी-पहिरोले देशभर जनधनको ठूला क्षति गर्‍यो । सबैतिर उद्धार, राहत र सडक मर्मतका काम धमाधम भइरहेका छन् । तर, संघीय राजधानीसँगै जोडिएको दक्षिणी ललितपुरको महांकाल तथा कोन्ज्योस्योम गाउँपालिका बाढी र पहिरोले तहसनहस बनाएको कुरा कसैले थाहा पाएन ।

पहिरोले बाटाघाटो तहसनहस पारेको छ । स्थानीयको घरबार भताभुङ्ग भएको छ । कतिसँग फेर्ने लुगा छैन, कतिपयलाई रात कटाउने ठाउँसमेत छैन । यसबारे न संघ सरकारले थाहा पायो, न त प्रदेश सरकारले । 

सयौं पहिरो गएका यहाँका सडकमा सवारीसाधन सञ्चालन त टाढाको कुरा, पैदल हिड्नसमेत कष्टकर यो क्षेत्रमा स्थानीय तहले आफ्नो बुताले जति भ्याउँछ, त्यति काम गरिरहेको छ ।

तर अवस्था यस्तो छ कि अब यहाँका बासिन्दाको तत्काल पूनर्स्थापना हुने सम्भावना नै देखिँदैन । बिजुली र टेलिफोन सम्पर्कबाटसमेत विच्छेद भएको छ यो क्षेत्रमा कान्तिपुर सहकर्मीहरु अवतार राई र पशुपति बुढाथोकी पुगेर फर्किएका छन् । स्थानीयको गुनासो छ, हामीले राज्य भएको महसुस नै गर्न पाएनौं ।

विस्तृत रिपोर्ट भिडियोमा :


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।