रामेछाप पहिरो पीडितहरुको एक महिनादेखि त्रिपालमुनि बास, पूरा भएन अस्थायी आवासको माग

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
रामेछाप पहिरो पीडितहरुको एक महिनादेखि त्रिपालमुनि बास, पूरा भएन अस्थायी आवासको माग

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवाका पहिरो पीडितले अस्थायी आवास बनाउन नपाएपछि पाल र टेन्टमै चाडबाड मनाउन बाध्य हुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।

ओढ्ने ओछ्याउने अभावमा चिसो भुइँमा रात काट्न बाध्य डडुवाका ४३ परिवार सडकमा टेन्ट र पाल टाँगेर बसिररहेका छन् । गत भदौ ८ गते मध्यरातमा गएको पहिरोमा परेर विस्थापित भएकाहरु एक महिनादेखि त्रिपालको भरमा कष्ठकर रात काटिरहेको पीडितहरुले बताएका छन् ।

पहिरो पीडितले भने, 'बालबालिका, जेष्ठ नागरिक, महिलाहरु ओढ्ने ओछ्याउने अभावमा चिसोका कारण बिरामी परेका छन् ।' 

रामेछाप डडुवाका ३२ अल्पसंख्यक थामी समुदाय र अन्य ११ परिवारले अस्थायी आवासका लागि सामुदायिक वनको सुरक्षित जग्गा उपलब्ध गराइदिन आग्रह गरेका छन् । त्रिपालमा बसेका २ जना सुत्केरी र नावालकसहित एक गर्भवती गरेर १ सय ९८ जना विस्थापित भएको वडा सदस्य मंगले थामीले बताउनुभयो । तत्कालका लागि अस्थायी आवास बनाउन मिल्ने जग्गा उपलब्ध गराइदिन पीडितले आग्रह गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement