एन्फा महिला लिगमा नेपाल पुलिसले संकटा क्लबलाई २-१ गोलले हरायो

लिगको पहिलो चरणका खेल सकिए
आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगमा नेपाल पुलिसले संकटा क्लबलाई २-१ गोलले हरायो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले जितसहित एन्फा महिला लिगको पहिलो चरण समाप्त गरेको छ । पहिलो चरणको अन्तिम खेलमा पुलिसले संकटा फुटबल क्लबमाथि २-१ को जित हात पारेको हो ।

पुलिस यसअघि नै दोस्रो चरणमा प्रवेश गरिसकेको थियो । पहिलो चरणमै लिग समाप्त गरेको संकटाको जितसहित सिजन समाप्त गर्ने योजना भने पूरा हुन सकेन ।

खेलको तेस्रो मिनेटमै अनुस्का शेर्पाको गोल मार्फत पुलिसले सुरुवाती अग्रता बनाएको थियो । सातौ मिनेटमा संकटाकी गोलरक्षक झरना नगरकोटीले पुलिसकी समिक्षा घिमिरेलाई फाउल गरेपछि पुलिसले पेनाल्टीको अवसर पाउको थियो । समिक्षाले पेनाल्टीमा गोल गर्न नसेपनि रिवाउन्ड भएको बलमा समिक्षालेनै गोल गरेपछि पुलिसले २ गोलको अग्रता बनाएको थियो ।

७३ औं मिनेटमा सेलिना एनिमाको गोल मार्फत संकटाले पुनारागमनको प्रयास गरेपनि जित हासिल गर्न सकेन । सेलिनाले फ्री किक मार्फत गोल गरेकी थिइन् । यससँगै पुलिसले ९ खेलबट २१ अंकसहित तेस्रो स्थानमा रहेर पहिलो पहिलो चरण समाप्त गर्यो । पुलिस यस अघिनै सुपर लिगमा प्रवेश गरिसकेको थियो ।

संकटा समान खेलमा आठ अंकसहित सातौं स्थानमा रहेर बाहिरियो । महिला लिगको पहिलो चरणका खेल समाप्त भइसक्दा शीर्ष ५ मा रहँदै नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पुलिल तथा वालिङ नगरपालिका र कोशी प्रदेश सुपर लिगमा प्रवेश गरिसकेका छन् । संकटासहित सुदूरपश्चिम, कर्णाली प्रदेश, चन्द्रपुर नगरपालिका, र बागमती युवा क्लब यस अघिनै पहिलो चरणबाटै बाहिरि सकेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.