जितिया पर्व आजबाट सुरु

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जितिया पर्व आजबाट सुरु

जनकपुर । सन्तानको दीर्घायु तथा समृद्धिको कामना गर्दै तराई मधेशका महिलाहरूले मनाउने जितिया पर्व आजबाट विधिवतरूपमा सुरु भएको छ ।

तीन दिनसम्म मनाइने जितिया पर्वको आज पहिलो दिन महिलाहरुले पोखरी, सरोवर, कुण्ड लगायतका जलाशयमा स्नान गरेर चोखो हुन्छन् । त्यसपछि आफ्नो पित्रिको सम्झनामा घिरौलाको पातमा खाने तेल र पिना चढाउँछन् । ब्रतालुहरूले निम्तो दिएर महिलालाई च्युरा, दही, अमोट, चिनी, अचार लगायतका सामग्री भोजन गराउने चलन छ ।

जितिया व्रत बस्नाले आपतविपत आइलाग्दा पनि सन्तानको जीवन सुरक्षित रहने धार्मिक विश्वास छ । यस व्रतमा व्रतालुले थुक पनि निल्नु नहुने र अति नियम निष्ठाका साथ मनाउनु परेकाले यसलाई कठोर व्रतको रूपमा लिने गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement