कोशी प्रदेश सभाको सातौं बजेट अधिवेशन आजबाट

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेश सभाको सातौं बजेट अधिवेशन आजबाट

मोरङ । कोशी प्रदेश सभाको सातौं बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेटले प्राथमिकता पाउने छन् । 

प्रदेश सभाका विषयगत समितिमा छलफलमा रहेका तीन वटा विधेयक एवं सरकारले दिएका अन्य बिजनेसलाई सभाले किनारा लगाउने छ ।

प्रदेश सभाका विषयगत समितिमा प्रदेश खानेपानी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१, प्रदेश वन तथा वातावरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ र प्रदेश आम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ छलफलमा छन् । सभाको आजको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारण राख्ने कार्यसूची छ । 

त्यसैगरी आजको पहिलो बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ सभामा टेबल हुने र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन हुने कार्यसूची तय भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित