मधेशका सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव दर्ता

कार्तिक २७, २०८२ |अमरकान्त ठाकुर|अनिल मिश्र
मधेशका सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव दर्ता

जनकपुरधाम । पदीय आचरण अनुकुल काम नगरेको भन्दै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध ७ दलले प्रदेशसभामा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । 

कांग्रेस, जसपापदीय आचरण अनुकुल काम नगरेको भन्दै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध ७ दलले प्रदेशसभामा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहितका ६४ जना प्रदेश सांसदको हस्ताक्षरसहित बिहीबार महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

महाभियोग प्रस्तावमा सभामुखले सभा कार्य सञ्चालन नियमावली २०७५ को परिच्छेद २१ को नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्न माग गरिएको छ । महाभियोग प्रस्तावमा जनमत पार्टीका तर्फबाट उपसभामुख बन्नुभएकी बबिताकुमारी राउत ईशरले तोक लगाउनुभएको छ ।

कार्यसूचीभन्दा बाहिर गएर माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीलाई बोल्ने मौका दिएर सभामुख मण्डलले तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि एकपक्षीय ढंगले अघि बढेको सात दलको आरोप छ । 

महाभियोग प्रस्ताव दर्ता गराउन प्रदेश सभा पुगेका विभिन्न पार्टीका १५ जना भन्दा बढी प्रदेश सभा सदस्यलाई सभामुख मण्डल समर्थक एमालेका कार्यकर्ताहरूले केहीबेर प्रदेशसभा सचिवालयमै थुनेका थिए । 

पछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई त्यहाँबाट निकालेको थियो । एमालेको तर्फबाट मधेश प्रदेशको सभामुख नियुक्त हुनुभएका रामचन्द्र मण्डल नेकपा विभाजनअघि माओवादी केन्द्रमा हुनुहुन्थ्यो ।

यसैबीच मधेश प्रदेशकानवनियक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज पदभार ग्रहण गर्नुभएको छ । एकहोटलमा गएर मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले तत्कालीनप्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेर कर्णलाई प्रदेश प्रमुखुनियुक्त गरेको थियो । 

नेपाल, जनमत पार्टी, लोसपा नेपाल, माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहितका ६४ जना प्रदेश सांसदको हस्ताक्षरसहित आज महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

महाभियोग प्रस्तावमा सभामुखले सभा कार्य सञ्चालन नियमावली २०७५ को परिच्छेद २१ को नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्न माग गरिएको छ । महाभियोग प्रस्तावमा जनमत पार्टीका तर्फबाट उपसभामुख बन्नुभएकी बबिताकुमारी राउत ईशरले तोक लगाउनुभएको छ ।

कार्यसूचीभन्दा बाहिर गएर माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीलाई बोल्ने मौका दिएर सभामुख मण्डलले तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि एकपक्षीय ढंगले अघि बढेको सात दलको आरोप छ ।

महाभियोग प्रस्ताव दर्ता गराउन प्रदेश सभा पुगेका विभिन्न पार्टीका १५ जना भन्दा बढी प्रदेश सभा सदस्यलाई सभामुख मण्डल समर्थक एमालेका कार्यकर्ताहरूले केहीबेर प्रदेशसभा सचिवालयमै थुनेका थिए । 

पछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई त्यहाँबाट निकालेको थियो । एमालेको तर्फबाट मधेश प्रदेशको सभामुख नियुक्त हुनुभएका रामचन्द्र मण्डल नेकपा विभाजनअघि माओवादी केन्द्रमा हुनुहुन्थ्यो ।

यसैबीच मधेश प्रदेशकानवनियक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बिहीबार पदभार ग्रहण गर्नुभएको छ । 

एकहोटलमा गएर मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले तत्कालीनप्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेर कर्णलाई प्रदेश प्रमुखुनियुक्त गरेको थियो ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।

Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।