मधेश प्रदेश सभाको १० दिनपछि बोलाइएको बैठक पनि अवरुद्ध

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेश सभाको १० दिनपछि बोलाइएको बैठक पनि अवरुद्ध

धनुषा । मधेश प्रदेश सभाको १० दिनपछि बोलाइएको बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन् । आगामी आर्थिक वर्षको बजेट मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित गरेको र बिचौलिया हाबी भएको भन्दै बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षीहरूले सदन अवरुद्ध गरेका हुन् ।

जसपा, माओवादी केन्द्र, नेकपा समाजवादी, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका हुन् । बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगन गर्नुभएको छ । 

प्रतिपक्ष मात्र नभई सत्तापक्षकै सांसदहरूले पनि बजेट वितरणमुखी, व्यक्तिवादी र बिचौलिया हाबी भएको आरोप लगाउँदै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.