राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

वैशाख ३१, २०८३ |राजनीतिक ब्युरो
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभयो । 

नीति तथा कार्यक्रम पारित प्रक्रियामा नेकपा (एमाले) भने सहभागी भएन ।